प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री– नेपाल–भारत सम्बन्ध सकारात्मक लयमा फर्कायो

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताएका छन्।
प्रधानमन्त्री साह स्वदेश फर्किपछि सोमवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री खनालले यस्तो विश्वास व्यक्त गरे।
उनले प्रधानमन्त्रीको दुई दिने राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित प्रवद्र्धन, आर्थिक वृद्धि, विकास र समृद्धिलाई केन्द्रमा राखेर सम्पन्न भएको बताए।
भारतसँगको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने विषय भ्रमणको मुख्य प्राथमिकतामा रहेको समेत उनले बताए।
यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने सरकारको विश्वास रहेको पनि मन्त्री खनालले विश्वास व्यक्त गरे।
उनले भने, ‘वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवद्र्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ।
मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौँ पुरानो घनिष्ठ बहुआयामिक सहयोगात्मक र जनस्तरको सम्बन्ध एवम् सहकार्यलाई थप मजबुत बनाई दुवै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित रह्यो। साथै लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ।’
उनले भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउनुका साथै अगामी दिनमा समेत परिणाममुखी उपलब्धी हासिल गर्ने आधार तयार पारेको बताए।