जाडो मौसम सुरु भएसँगै स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

काठमाडौं । जाडो मौसम सुरु भएसँगै चिसोका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने भएकाले स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुपर्ने भएको छ। चिसो मौसममा रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या तथा शरीरमा तापक्रम घट्ने जोखिम बढ्न सक्ने भएकाले दैनिक जीवनशैलीमा ध्यान दिन आवश्यक छ।
जाडो मौसममा स्वस्थ रहन निम्न सावधानी अपनाउन सकिन्छ
न्यानो कपडा लगाउने स् शरीरलाई चिसोबाट जोगाउन बाक्लो तथा न्यानो कपडा लगाउने र विशेषगरी बिहान तथा रातिको समयमा चिसोबाट बच्ने।
तातो तथा पोषिलो खाना खाने स् तातो झोलिलो पदार्थ, सन्तुलित आहार, फलफूल तथा हरियो सागसब्जीको सेवन गर्ने।
पर्याप्त पानी पिउने स् जाडोमा तिर्खा कम लागे पनि शरीरमा पानीको कमी हुन नदिन नियमित पानी पिउने।
व्यक्तिगत सरसफाइमा ध्यान दिने स् नियमित हात धुने, खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने तथा संक्रमण फैलिन नदिन सावधानी अपनाउने।
बिहानको चिसोबाट बच्ने स् अत्यधिक चिसो वा शीतलहर चलेको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कने र बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाउने।
बालबालिका तथा वृद्धवृद्धाको विशेष हेरचाह गर्ने स् बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिलाई चिसोबाट जोगाउन विशेष ध्यान दिने।
कोठा न्यानो राख्दा सावधानी अपनाउने स् बन्द कोठामा कोइला, दाउरा वा ग्यासबाट ताप्ने उपकरण प्रयोग गर्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था गर्ने। बन्द कोठामा धुवाँ वा ग्यास जम्मा हुन नदिने।
जाडो मौसममा स्वास्थ्यमा समस्या देखिएमा समयमै स्वास्थ्यकर्मीको सल्लाह लिनु आवश्यक छ। सामान्य सावधानी र स्वस्थ जीवनशैली अपनाएर चिसो मौसममा हुने स्वास्थ्य जोखिम कम गर्न सकिन्छ।