अर्थबैंकिङ

बैंकिङ प्रणालीको अधिक तरलता घट्दै, अघिल्लो दिनको तुलनामा १ खर्ब २३ अर्बले कमी

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता एकैदिन १ खर्ब २३ अर्ब ५५ करोड ८५ लाख रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर ७ गतेसम्मको केन्द्रीय बैंक सर्वेक्षण तथा तरलता स्थितिसम्बन्धी तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अधिक तरलता ५१ अर्ब १५ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।

अघिल्लो दिन बैंकिङ प्रणालीमा १ खर्ब ७४ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ अधिक तरलता थियो। एकैदिन अधिक तरलता करिब ७०।७२ प्रतिशतले घटेको हो।

राष्ट्र बैंकको स्थायी निक्षेप सुविधा ९एसडीएफ० अन्तर्गत एकैदिन १ खर्ब २५ अर्ब १० करोड रुपैयाँ मौज्दात थपिएको छ। यसले बैंकिङ प्रणालीमा उपलब्ध अधिक तरलता घटाउन प्रमुख भूमिका खेलेको देखिन्छ।

मंसिर ७ गतेसम्म राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ५५ अर्ब ७० करोड रुपैयाँ, राष्ट्र बैंक ऋणपत्रमार्फत ४ खर्ब रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब २५ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन गरेको देखिन्छ।

यी उपकरणमार्फत प्रशोचन भई बाँकी रहेको कुल रकम १३ खर्ब ८० अर्ब ८० करोड रुपैयाँ पुगेको छ। अघिल्लो महिनाको तुलनामा यस्तो रकम ४ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँले बढेको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको मौज्दात एकैदिन १ खर्ब २३ अर्ब ५५ करोड ८५ लाख रुपैयाँले घटेर ३ खर्ब ४८ अर्ब ६३ करोड ६० लाख रुपैयाँ कायम भएको छ। बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य मौज्दात भने २ खर्ब ९७ अर्ब ४७ करोड ८३ लाख रुपैयाँ रहेको छ।

अघिल्लो महिनाको तुलनामा बैंकिङ प्रणालीको अधिक तरलता ४ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँले घटेको छ। गत आर्थिक वर्षको अन्त्यको तुलनामा पनि अधिक तरलता ६९ अर्ब ४४ करोड ९० लाख रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button