समाचार

कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा काठमाडौँको टोखा नगरपालिका–१ झोरस्थित बौडेश्वर मन्दिरमा मेला लागेको छ ।

बौडेश्वर संरक्षण समितिको आयोजनामा कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा आज धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बौडेश्वर महादेव मन्दिर परिसरमा मेला लागेको हो ।

मेलाका अवसरमा बौडेश्वर मन्दिर परिसरमा श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको छ । धार्मिक आस्था, स्थानीय संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोडिएको उक्त मेलाले झोर क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै आएको छ ।

बौडेश्वर महादेव मन्दिरमा बैकुण्ठ चतुर्दशीका दिन भक्तजनहरू भगवान् शिवको पूजा–आराधना, दीप प्रज्वलन तथा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने परम्परा रहेको छ । यस्तै, उक्त मन्दिरमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र विहान उठेर स्नान तथा पुजापाठ गर्ने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button