खेलकुद

राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक

काठमाडौँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा यूएईविरुद्ध १६ बलमै विस्फोटक अर्धशतक प्रहार गरेका छन् ।

दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा मंगलबार यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा वैभवले आक्रामक सुरुवात गरेका हुन् । उनले १६ बलको सामना गर्दै १ चौका र ८ छक्काको मद्दतमा अविजित ५४ रन जोडेका छन् ।

वैभवको विस्फोटक ब्याटिङसँगै भारत ‘ए’ ले सुरुवाती ३।४ ओभरमै १ विकेटको क्षतिमा ६९ रन बनाइसकेको छ । उनले पहिलो विकेटका लागि अभिषेक शर्मा ९१२ रन० सँग ३।३ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । अभिषेकलाई इबरार अहमदले एल्बीडब्लू धरापमा पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । यूएईका लागि तेस्रो नम्बरमा आएका हरप्रित सिंहले १४४ बलमा १२ चौका र ४ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ्स खेले ।

भारत ‘ए’ का बलर अर्सद खानले १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । हर्षित राना, सूर्यांश सेड्गे, हर्ष दुबे र साहबाज अहमदको नाममा १–१ विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button