‘म भाईरलको पछि लाग्दिन कलाकार भाईरल भएपछी मात्रै चिन्ने गर्छन’

लामो समयदेखि नेपाली फिल्म इन्ड्रष्ट्रीमा निरन्तर लागिरहेका राई जेठा रामचन्द्रले पछिल्लो समय नेपाली सामाजिक चलचित्र सगुन ठेकी निर्माण निर्देशन गर्ने भएका छन । रामचन्द्र आपैmले लेखेको कथामा निर्देशन गर्न लागेका हुन । उक्त चलचित्र सम्बन्धि बिषय बस्तुमा आधारित कुराकानीको सार ।

सगुन ठेकी कस्तो मुभी हो ?
सगुन ठेकी एउटा सस्कार सस्कृती र देश को पहिचान झल्किने धाराबाहिक मुभी हो ।

सगुन ठेकी नै किन नाम जुराउनु भयो ?
सगुन र ठेकी बिना मानबता को जन्म असम्भब हुने बुढा पाखा को चलन शैली छ समाज को एउटा जोगर्ना र ऎना हो त्यसैले मलाई सगुन ठेकी सबैलाई एकजुट बनाउने देखेरै नाम राखियो ।

फिल्म बनाउने तर्फ कसरी सोच्नुभयो ?
मैले यो छेत्रमा काम गरेको एक दशक भन्दा बढी भयो फिल्म चार ओटा र टेलिचलचित्र ३७ ओटा म्युजिक भिडियो २ ओटा गरिसकेको छु त्यही भएर यो फिल्म लाई मेरो प्रयास हुनेछ भनेर नै सोच आयो ।

कलाकार नया राख्दा फिल्म चल्दैन भन्छन तपाई को मा प्राय सबै नयाँ राख्नु भाको छ नि ?
सबै यो सगुन ठेकी मा आबद्ध कलाकार नया हैन पुरानो नै हुनुहुन्छ मात्रै बजार मा नाम थाहा नभएको हुन सक्छ जस्तै मलाई नै उदाहरण दिनुहोस मलाई नि प्राय चिन्नुहुन्न किन कि म भाईरल को पछि लाग्दिन कलाकार भाईरल भएपछी मात्रै चिन्ने भनिन्छ तर यो गलत हो मैले यो कलाकारिता लाई कर्म भनी काम गर्छु कलाकार नयाँ पुरानो हुदैन कला नयाँ हुन सक्छ फरक यति हो बरिस्ठ कलाकारले थिम बुझे पछि धेरै टेक लिदैनन अलि सिक्दै गरेको कलाकारले अलि समय लिन सक्छ्न फरक तरिका र फरक कला सबैको हुन्छ ।

छायांकन कहाँ गर्ने तयारि मा हुनुहुन्छ ?
छायांकन को लागि १८ जिल्लाको लोकेसन राखिएको छ । खोटाङ , भोजपुर , सोलुखुम्बु , ओखलढुंगा , सुन्सरी , सिन्धुली काठमान्डौ , ललितपुर , भक्तपुर , नुवाकोट , बिरगंज , उदयपुर , काभ्रेपलान्चोक , धनकुटा , झापा , ताप्लेजुङ , संखुवासभा , पाल्पा कास्की छन यी जिल्लाहरुको पर्यटकीय स्थल र रमणीय दृश्य भएको स्थल हरुमा लोकेसन लिएको छौ तयारी हुदैछ ।

साथिभाई हरु को कस्तो सपोट पाउनु भएको छ ?
मैले सोचे भन्दा धेरै साथ सपोट हौसला र सुझाब पाईरहेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button