नबिल बैंकले ल्यायो ‘इन्स्ट्यान्ट गोल्ड लोन’, एक घण्टाभित्रै ऋण पाइने

काठमाडौं- नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ । आफूलाई आवश्यक पर्दा कुनै झन्झट बिना सुन धितो राखी एक घण्टाभित्र पाउने गरी बैंकले यो ऋण योजना ल्याएको हो ।

यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button