पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै छन्: अध्यक्ष ओली
उहाँले भन्नुभयो, “कोर्ष साँघुरो अध्ययन मात्रै होइन, कोर्षमा अध्ययन गरेर विशिष्टता हासिल गर्नुप¥यो, कोर्ष विद्यालयका किताबमा हुन्छ, त्योभन्दा बाहिर सिक्ने कुरा धेरै छन् ।”
कोर्ष बाहिर बुझ्ने धेरै कुरा भएको उल्लेख गर्दै उहाँले सिक्ने र अपनाउनेसमेत धेरै कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी ‘स्टार’ हुनुपर्दछ, बालबालिकालाई विशेष व्यक्तित्व, विशिष्ट व्यक्तित्वका रुपमा विकास गर्ने प्रयास गर्नुपर्छ ।” परिवार र समाजका लागि एउटा दृष्टान्त नागरिकका रुपमा यहाँका विद्यार्थीहरु आउनुपर्ने उहाँले बताउनुभयो ।
ओलीले भन्नुभयो, “आफ्नो घरको आँगनको मात्रै नभइ प्रसान्त महासागरमा पौडी खेल्नसक्ने हुनुपर्छ ।” उहाँले शिक्षा मनोबल उठ्ने खालको हुनुपर्ने उल्लेख गर्दै विद्यार्थी असफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “बिदा नमिल्दा असफल हुने हुन, रुची एउटामा हुन्छ, पढ्न अर्कोमा पर्छ, रुचीअनुसारको विषय पढ्न पाउनुपर्छ ।”
विद्यार्थीलाई पहिले नै फेल भनेर हतोत्साहित गर्न नहुने उहाँको सुझाव थियो । रोजगारी खोज्ने नभइ उद्यमशिलता विकास गरेपछि अरुलाई रोजगारी दिन सकिने उहाँले बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले विद्यालयको स्वर्णद्धार, स्वर्ण स्तम्भ र स्वर्ण स्मारिक अनावरण गर्नुभएको थियो ।