गरिमा क्यापिटलले पायो म्युचुअल फण्ड व्यवस्थापक

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मङ्सिर २२ गते सामूहिक लगानी कोषको योेजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको हो ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ।

क्यापिटलले निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने योजना रहेको गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिनुभयो ।

गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button