बालकुमारी घटना छानबिन गर्न र युवाहरुले उठाएको मागका विषयमा गम्भिर बन्न कांग्रेसको माग

काठमाडौं– शुक्रबार ललितपुरको इपिएस अगाडि भएको प्रदर्शनका क्रममा दुई जना मारिएपछि उक्त घटनाका सम्बन्धमा छानबिन गर्न सत्ता साझेदार दल कांग्रेसले सरकारसँग माग गरेको छ।

कांग्रेसका प्रवक्ता मीन बहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै मन्त्री सवार गाडीमा आगजनी हुनु, प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा मृत्यु हुनु र केही व्यक्ति घाइते भएको घटनाप्रति कांग्रेस ध्यानाकृष्ट भएको भन्दै छानबिन गर्न माग गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button