प्रिमियर लिगको उपाधि दौड

यसले के देखाउँछ भने कुनै पनि टोली शीखरमा बसेर त्यसलाई सम्हाल्न सक्ने हेसियतमा देखिएनन् ।

लिभरपुल ४२ अंकसहित शीर्ष स्थानमा छ ।

बिहीबार ब्राइटनसँग ४-२ ले पराजित भएको टोटनहम पाँचौ स्थानमा छ । तर लिभरपुल भन्दा टोटनहम जम्मा ६ अंकले मात्र पछि छ ।

यसअघि लिगमा १९९२-९३ र १९९६-९६ मा गरी जम्मा दुई पटक मात्र शीर्ष टोली र पाँचौ स्थानमा रहेको टोलीबीच २८ डिसेम्बरमा कम अंकको अन्तरको थियो । त्यसो भए के हामी क्लासिक ट्राइटल रेस सेट गरिरहेका छौं ?

‘मेरो विचारमा यो सिजन अहिलेसम्म सानदार भएको छ र अंक गुमाउने क्रम जारी भए अझ लम्बिनेछ’, लिभरपुलका पूर्व डिफेण्डर जेमी क्यारेगारले सामाजिक सञ्जालमा एक्समा भनेका छन् ।

यस सिजन लिगमा अनप्रेडिक्टेबल बनिरहेको छ । म महिनामा कसले लिग उपाधि जित्ला भनेर आर्सनलका लेजेण्ड थियरी हेनरीलाई सोधिएको थियो । उनको जवाफ थियो, ‘म सँग फेब्रुअरीमा कुरा गर्नुस ।’

‘जब हामी (आर्सनल) क्रिसमसमा टेबलको टपमा हुन्छौं, हामीले प्राय लिग गुमाएका छौं । त्यसैले म खुशी छु कि अहिले टपमा छैनौं,’ उनले अम्याजन प्राइमसँग भने, ‘म प्राय फेस्टिल पछि मेरो प्रेडिक्सन गर्छु ।’

आर्सनलका लागि डेजा भु

न्यूक्यासलमा पूर्व स्ट्राइकर एलान सियररको शब्द सापटी लिने हो भने जब टोमस साउसेकले एमिरेट्स स्टेडियममा १३औं मिनेटमै जारोड बोवनको कटब्याकलाई गोलमा परिणत गर्दै अग्रता दिलाए यो आर्सनलका लागि ‘डेजा भु’ जस्तै भयो ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button