मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड प्रतियोगिता, द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले दैलेखको आठबिसकोट नगरपालिकाको राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म दुई सय ४८ किलोमिटर राफ्ट दौड गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको पहिचान, आर्थिक र पर्यटन विकासलाई समेत जोड्ने उल्लेख गर्नुभयो । नाराका अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडले सहयोगमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा १६ टोली दर्ताका लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरिएको छ । प्रतियोगितामा हालसम्म छ वटा अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ । यसअघि नोभेम्बर २३ देखि २८ का लागि तय गरिएको ‘द ग्रेट कर्णाली क्वेस्ट’ जाजरकोट भूकम्पका कारण स्थगन भएको थियो ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button