गाउँ फर्किरहेको परदेशी’को लोकार्पण

 कवि सयपत्री थुलुङकाे कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम साहित्यकार कवि सयपत्री थुलुङकाे कृति लोकार्पण सम्पन्न भएको हो ।

संखुवासभाका कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छन् । २०७० सालमा ‘शान्तीको फूल गजल सङ्ग्रह प्रकाशन गरेकी थुलुङको एक दशक पछि दोश्रो कृतिका रूपमा कवितासङ्ग्रह पाठक सामु ल्याएकी हुन्।

कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु रहेका थिए। कवितासंग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने, ‘कविता लेखनको आ-आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभूतिको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह हो ।’

त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जंगले प्रेमको मसिले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन् । देश प्रेम र राज्यसत्ता माथि शान्ति सौहार्दताको वातावरण बनाई राख्नु पर्ने कृति जिकिर गरिएको उनले औल्याइन् ।

वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए। कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एकएकवटा कविता वाचन गरेका थिए भने कवि स्वयमले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको थियो।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button