म खोलामा लुकेको समुन्द्र हुँ
जहाँ मान्छेहरुलाई फुर्सद छैन
कहिले बाफ बनाउँछन् त कहिले बरफ
मेरो अस्तित्व खोसिएको छ
मेरो अस्मिता लुटिएको छ
मेरो स्वतन्त्रता पिल्सिएको छ
अब त मेरो परिचय फेरिएको छ
छेपाराले फेरेका रङहरु जस्तै ।।
म खोलामा लुकेको समुन्द्र हुँ
जहाँ मान्छेहरुलाई फुर्सद छैन
कहिले तातो बनाउँछन् त कहिले चिसो
मेरो पहिचान खोसिएको छ
मेरो तथस्टता लरबराएको छ
मेरो सुन्दरता धमेलिएको छ
अब त मेरो संसार फेरिएको छ
पटक पटक बेकाममा फेरिने संविधान जस्तै
KaMal_DhaMala
What’s your Reaction?