कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । हिजो विशेष कारणवश स्थगित भएको बैठक आजका लागि बोलाइएको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button