प्रा.डा. गोविन्दमानसिंह कार्कीद्धारा लिखित ‘बहुआयामिक व्यक्तित्व ललितजंग सिजापति’ नामक पुस्तक लोकार्पण

काठमाडौँ । प्रा.डा.गोेविन्दमानसिंह कार्कीद्वारा लिखित बहुआयामिक व्यक्तित्व स्वर्गीय ललितजंग सिजापतिको जीवनीमा आधारित कृति ‘बहु आयामिक व्यक्तित्व ललितजंग सिजापति’ नामक पुस्तक बुधवार लोकार्पण गरिएको छ ।
काठमाडौँको केन्द्रमा रहेको नेपाली सेनाको जंगी अड्डास्थित आर्मी अफिसर्स क्लवमा बुधबार एक समारोहको आयोजना गरी कृतिको लोकार्पण गरिएको हो । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहको प्रमुख अतिथ्यतामा कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रा।डा त्रिरत्न मानन्धर, बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ, इतिहासविद् तथा प्राज्ञ दिनेशराज पन्त, प्राध्यापक हेमन्त शमशेर राणा, डा.राजाराम सुवेदी, डा.गोविन्दमान सिंह कार्की, साहित्यकारहरू राधेश्याम लेकाली, ओम श्रेष्ठ, कलाकार मदनदास श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

स्वर्गीय ललितजंग सिजापतिकी कान्छी सुपुत्री श्रीमती अम्बिका सिजापति के.सि.ले समारोहको संयोजन गर्नुभएको थियो । प्रा.डा. उपरथी बच्चुराम केसिको सभापतित्वमा सम्पन्न भएको समारोहमा शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासलाई अभिनन्द समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button