माझी समुदायको राष्ट्रिय गीत सार्वजनिक, संस्कृति राज्यमन्त्रीद्धारा लोकार्पण

माझी राट्रिय गीतको लोकार्पन गरिएको छ । माझी समुदायको माहान प्रकृतिक चाड लदी पर्ब तथा घाट पुजाको अबसरमा माझी चलचित्र कर्मी संघले आयोजना गरेको शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा मा माझीहरुको राष्ट्रिय गीतको लोकार्पण गरिएको हो ।


कार्यक्रममा सस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री, सुसिला सिर्पाली ठकुरी प्रमुख अतिथि राज्य ब्यबस्था तथा सुसासन समितिका सभापति एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा, माझी समुदायकी प्रतिनिधिसभा सदस्य उर्मीला माझी, नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार बाग्मती प्रदेश सभाकी निवर्तमान सदस्य सांसद तथा नेपाल माझी महिला उत्थान संघकी केन्द्रिय अध्यक्ष, रीता माझीको विशेष आतिथ्यता रहेको थियो । सोही कार्यक्रममा राष्टिय आदिवासी जनजाती महिला महासंघकी निवर्तमान अध्यक्ष एवम् नेपाल माझी उत्थान संघकी अध्यक्ष, चिनीमाया माझी, आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष एवम् समाज सेवी, पुर्खाजित राई, किराँत समन्वय समितीका अध्यक्ष तथा सुनुवार सेवा समाजका कार्यकारी अध्यक्ष एवं आदीवासी जनजाती चलचित्र महासंघका निवर्तमान अध्यक्ष, अमृत बहादुर सुनुवार, चलचित्र बिकाशबोर्ड मातृ भासी प्रबर्दन समीतीका संयोजक, ज्योतिराज राई, माझी चलचित्र कर्मी संघको सस्थापक अध्यक्ष,, नेपाल माझी उत्थान संघको उपाध्यक्ष, बिन्दु कुमारी माझी, माझी राष्ट्रिय मुत्तिमोर्चाको केन्द्रिय सचिव तथा सामाजिक अभियान्ता, बकैया कार्यपालीका सदस्य, लक्ष्मी माझी (कृपा), तथा नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिती सिन्धुपाल्चोक अध्यक्ष अमृत माझी, नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिती भक्तपुरका अध्यक्ष बिर्ख माझी अतिथि दिर्घामा रहेका थिए ।

भिडियो हेर्नुहोस


त्यसैगरी आतिथ्यताकै क्रममा नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिती ललितपुरका अध्यक्ष ज्ञान बहादुर माझी, नेपाल माझी उत्थान संघ जिल्ला समीति नुवाकोट अध्यक्ष, सुमन माझी, लगाएत अन्य बिभिन्न जिल्लाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संम्युत्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको समुदघाटन संगै माझी राष्ट्रिय गीतको हर्स उल्लासका साथ लोकार्पन भएको थियो ।

सो राट्रिय गितलाई माझी समुदायका यक बौद्यिक ब्यत्तित्व लेखक तथा चलचित्र निर्देशक, माझी गीत, संगीत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने संगित माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक नायक संगीतकार आपैmमा निपूर्ण कलाकार यमन माझीले गरेका हुन । सो गितमा स्वर माझी चलचित्र जगतका पहिलो ऐतिहाँसिक नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष बिबस कुमार माझीका साथै बाबुराम माझी, बिसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेस माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगाएतले स्वर दिएका छन । सो गितलाई लक्षु प्रकास मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले मिक्सींग गरेका छन ।

उत्त कार्यक्रम जनजाति चलचित्र महासंघकी महासचिब तथा माझी चलचित्र कर्मी संघकी अध्यक्ष होम कुमारी माझी (सिजिका) को अध्यक्षतामा २०८०, फागुन १२ गते शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डको भबनमा सम्पन्न भएको थियो ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button