सुविना श्रेष्ठ गायनमा प्रवेश, सुनबारुलीमा रिया खड्को अभिनय दमदार

माताको नामबाट सुप्रसिद्ध सुविना श्रेष्ठ गायन क्षेत्रमा प्रवेश गरेकी छन । विभिन्न टेलि सिरियलमा अभिनय समेत गरेकी सुविनाको सुरिलो आवाजमा लोक दोहोरी गीत सुन बारुली युटयुव मार्पmत सार्वजनिक भएको छ । गीतमा सुविना र लोकप्रिय गायक सरोज ढकालको आवाज रहेको छ । गीतमा अशोक कुमार सापकोटाको शब्द रहेको छ । किरण गौतमको लय सरोज ढकालको संगीत रहेको उक्त गीतको भिडियोमा बरिष्ठ समाजसेवी हरि भण्डारीको अभिनय रहेको छ । हरि भण्डारीको साथमा पछिल्लो समय निकै चर्चामा आएकी रिया खड्काको तथा कोरियोग्राफर राजाराम सिंखडाको अभिनय रहेको छ ।
गीतको भिडियो इलामको कन्याम चिया बगानमा छायाँकन गरिएको हो । गितको भिडियो निकै आकर्षक तरिकाले सन्तोष तिमिल्सिनाले छायाँकन गरेका हु्न भने भिडियोमा मिलन श्रेष्ठको निर्देशन रहेको छ ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button