एभिएस कलेजमा विद्यार्थीको आकर्षण, प्रवेश परीक्षामा विद्यार्थीको भीड

एसइइको नतिजा सार्वजनिक भएसंगै आकर्षक कलेजहरुमा प्लसटु भर्नाका लागि विद्यार्थीहरु लाइन लाग्न थालेका छन । विभिन्न कलेजहरुले यतिबेला नयाँ शैक्षिक सत्र सुरु गर्न भर्ना गर्नुअघि प्रवेश परीक्षा खुल्ला गरेका छन । आकर्षक कलेजमा पढने विद्यार्थीहरुको चाहना यतिबेला विभिन्न कलेजका गेटहरुमा लागेको लाइनले प्रष्टाएको छ ।
काठमाडौको गैरीगाउस्थित एभिएस कलेजमा शनिबार विद्यार्थीहरुको बाक्लै भिड देखिन्थ्यो । मौसम प्रतिकुल भएपनि एभिएस कलेजमा अध्यायनकालागि प्रवेश परिक्षा दिन विद्यार्थीहरुको भिड लागेको थियो । सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको एभिएस कलेजले स्थापनाकालको छोटो अवधीमा नै विद्यार्थीहरुको रोजाइमा परेको छ । दुइ बर्ष अघि स्थापना भएको एभिएस कलेज यति छोटो अवधिमा विद्यार्थीहरुको मन जित्न सफल हुनुमा यहाँको गुणस्तरीय शिक्षा तथा शैक्षिक वातावरण नै मूख्य आकर्षणको केन्द्ररहेको कलेजमा अध्ययनरत विद्यार्थीहरु बताउछन ।
शनिवार सञ्चालन गरिएको प्रवेश परीक्षामा ३ सय ७२ जना विद्यार्थीहरु सहभागी भएको कलेजले बताएको छ । कलेजमा अनुभवी प्राध्यापकद्धारा अध्यापन गराइने तथा सुविधासम्पन्न रहेको तथा सामान्य परिवारमा विद्यार्थीले पनि अध्ययन गर्न सक्ने वातावरण रहेकाले आफु यस कलेजमा अध्ययनका लागि प्रवेश परीक्षा दिन आएको विद्यार्थीले बताए ।

2.2/5.0 Article rating
5 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button