‘पर्यटन क्षेत्रको सुधारका सुत्रहरु फुकाउन मेरो उम्मेदवारी’ लाक्पा शेर्पा
काठमाडौ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल ९टान० को नयाँ कार्यसमितिका लागि यही भदौ १७ गते निर्वाचन हुदैछ । खोटाङ जिल्लामा जन्मेका लाक्पा तेम्बा शेर्पा सह कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन । उनी काग्रेस एमाले गठबन्धन अन्तर्गत राजेन्द्र प्रसाद सापकोटा समुहबाट सह कोषाध्यक्षमा उम्मेदवारी दिएका हुन ।
समुदायका लागि साइलेन्समा बसेर काम गरेका लाक्पा तेम्बा शेर्पा पर्यटन क्षेत्रमा चिरपरिचित नाम हो । उनी ट्राभल आइटेनरीका सञ्चालक हुन । साथै भोलुम वेस ट्रेकिङ व्यवसायमा समेत आवद्ध रहेका छन । दुइ दशकदेखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका लाक्पा तेम्बा शेर्पा कानुनका ज्ञाता मानिन्छन । उनले भारतको सिक्किमबाट कानुन विषयमा स्नातक अध्यायन गरी नेपालमा पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेका छन ।
लामो समयदेखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका लाक्सासंग पर्यटकीय क्षेत्रका समस्याहरुको जानकार हुनुका साथै त्यसको समाधानका सुत्रहरु पनि उहासंग छन तर नियमकारी निकायसंग पुग्न जिम्मेवारी ब्यक्ति तथा नेतृत्वहरुको भुकिका महत्वपूर्ण हुने भएकाले पर्यटकीय क्षेत्रको समस्या र समाधानका लागि आफुले उम्मेदवारी दिन पुगेको उहाँको भनाइ छ ।
नेपालको पर्यटकीय क्षेत्रको विकास तथा नयाँ गन्तब्यको खोजी गरी नेपालको पर्यटकीय क्षेत्रलाई फराकिलो बनाउने तथा ब्यवासयीहरुको हक हितको लागि समय सापेक्ष नीति नियम परिमार्जन गर्ने आफनो उद्धेश्य रहेको उहाँ बताउनुहुन्छ । कतिपय विषयमा पर्यटन बोर्डको नियमले ट्राभल र टे«किङ कम्पनीलाई समस्यामा जेलेको र पर्यटकलाई समेत झन्झट बनाउने खालका नियम परिमार्जित गरी व्यवसायीलाई सहजीकरण गर्न आफनो उम्मेदवारी रहेको उहाँले बताए । उहाँका अनुसार पर्यन बोर्डले ट्रेकिङ कम्पनी मार्फतमात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्थालाई परिमार्जित गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै बोर्डको यो नीति नियमले व्यवासायी मात्र मर्कामा परेका छैनन पर्यटकलाई पनि झन्झट बनाएको उल्लेख गरे ।
शेर्पा नेपालको पर्यटकीय क्षेत्रमा मात्र नभएर पाकिस्तानको केटु आधारशिविर समेत पुगिसकेका छन । पाकिस्तानको पर्यटन व्यवसायलाई समेत नजिकबाट नियाल्न सफल भएका शेर्पाले आफुले प्राप्त गरेको अनुभव र व्यवसायमा भइरहेका समस्याका र समाधानका सुत्रहरु टानमा निर्वाचित भइ फुकाउने उहाँको योजना रहेको छ । दर्जनौ भाषाका पोख्त शेर्पा नेपालको उत्पादनलाई विदेशी बजारसम्म पुराउन महत्वपूर्ण भूमिका प्रदान गर्दै आउनु भएको छ । विशेषत हिमाली भेगमा उत्पादन हुने छुर्पी अमेरिका बेलयत लगायत युरोपियन मुलुकहरुमा पुराउने काम गरिरहेका छन ।
उहाँ संलग्न समुहका अध्यक्ष लगायत अन्य उम्मेदवारहरु पनि पर्यटकीय क्षेत्रमा लामो समयदेखि अनभवी तथा दक्षता हासिल गरेका पदादधिकारीहरु छनौट गरिएको उल्लेख गर्दै चुनावमा आफनो समुहले बहुमत जुटाउनेमा आप्mनो समुह विश्वस्त रहेको बताए । राजेन्द्रप्रसाद सापकोटा उम्मेदवार रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी रहेका छन्। यस्तै सचिवमा रिन्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले, सह९कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाको उम्मेदवारी रहेको छ।
यस्तै सदस्यहरुमा पवित्रा तामाङ, सागर राई, सुमन अर्याल, विश्व दाहाल, दिनेश तिम्सीना, राजु गुरुङ, छप्ते लामा, भुवनबहादुर खड्का दावा लामा रहेका छन्। यो समूहलाई कांग्रेसको संस्थापन समूह र एमालेको समर्थन रहेको बताइएको छ।
देशभर २४ सयभन्दा बढी ट्रेकिङ कम्पनीहरु दर्ता भई संचालनमा छन्। कम्पनी दर्ता गरि टान निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरुको संख्या १ हजार ४३८ छ। यी मतदाताहरुले सन् २०२४ देखि ०२६ सम्मका लागि आफ्नो छाता संगठनको नेतृृत्व चयन गर्न लागेका हुन्।