खिजिदेम्बाका ४६ जना सगरमाथाका सफल आरोही काठमाडौमा सम्मानित
खिजीदेम्बाको पर्यटन सद्भावनादूतमा कुंगा शेर्पा घोषणा

काठमाडौ । ओखलढुंगाको खिजिदेम्बा गाउपालिकाका ४६ जना आरोहीलाई सम्मान गरेको छ । काठमाडौमा आइतबार एक समारोहको आयोजना गरी सगरमाथाको सफल आरोहण गर्ने आरोहीलाई सम्मान गरेको हो । खिजिदेम्बा गाउपालिकाले आयोजना समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डले सगरमाथाका सफल आरोहीहरुलाई सम्मान गरेका हुन

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने आरोहीमध्ये कुंगा शेर्पालाई खिजिदेम्बाको सद्भावदुत घोषणा गरिएको छ । ओखलढुंगाको खिजिदेम्बा गाउपालिकाको पर्यटन प्रवद्र्धनका लागि आरोही शेर्पालाई सद्भावदुत घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै पर्यटन मन्त्री बद्री पाण्डेले भाषा र पहिचान र सस्कृतिलाई जोगायौ भने नेपालको नेपाली समाज र हामी सबैको अस्थित्व जोगिने अस्थित्व बढने र अरु देशहरुको अगाडी महत्व बढने कुरालाई उल्लेख गर्दै विभिन्न स्थानमा रहेको सस्कृतिक धरोहरको अस्थित्व जोगाउनु पर्ने बताए । कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथामा आरोहणको किर्तिमान तेन्जिङ नोर्गे शेर्पाले सुरुवाती गरेसंगै विभिन्न आरोहीहरुले किर्तिमानी राख्दै आएका उल्लेख गर्दै हिमाली भेगमा बस्ने शेर्पा समुदाय आफुमात्र सगरमाथा चढेन अरु आरोहीलाई गन्तब्य समेत देखाएको बताए ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं सांसद रामहरी खतिवडाले पर्यटन तथा जलश्रोतको विकासमा ध्यान दिने हो भने खिजिदेम्बालाई ओखलढुंगाकै पहिलो विकसित गाउापालिका रुपमा घोषणा गर्न सकिने विचार व्यक्त गरे । त्यसैगरी पूर्व प्रदेशमन्त्री तथा प्रदेश सांसद प्रदिपकुमार सुनुवारले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई बचाइरहेको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको विकास तथा नया पर्यटकीय गन्तव्य पहिचान आजको आवश्यकता रहेको बताउदै पर्यटनको क्षेत्रमा छुटाइने बजेट न्युन रहेको र थोरै बजेटले पर्यटकीय क्षेत्रको विकास गर्न नसकिने हुदा यस विषयमा पर्यटन मन्त्रीको ध्यान जानेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारले दुरदराजमा भेटिने सरकार होइन गल्लीमा भेटिने आगनमा भेटिने सरकार चाइन्छ भनेर संविधान बनाइएको उल्लेख गर्दै आज खिजिदेम्बा गाउपालिकाले स्थानीय सरकारको भुमिका निर्वाह गर्दै सगरमाथा आरोहीलाई सम्मान गरेको पालिकाले उल्लेखनीय काम गरेको बताए ।
कार्यक्रममा खिजिदेम्बा गाउपालिकाका अध्यक्ष गम्बु शेर्पाले खिजिदेम्बाको विकासका नाममा राजनीति नगर्न दलका नेतालाई सुझाए । खिजिदेम्बामा निर्माण भएको विमानस्थलमा प्रमुख दलहरुले राजनीति गरेको आरोप लगाउदै ठुला ठुला भाषण गरेर जस लिनेभन्दा लथालिङ अवस्थामा पुगेको विमानस्थल सुचारु गर्न आग्रह गरे ।
पालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा ओखलढुंगा खिजिदेम्बा गाउपालिका लाक्पा शेर्पा, गेल्जे शेर्पा, आङकाजी शेर्पा, पेम्बा ग्याल्छेन शेर्पा, छिरिङ शेर्पा, कुंगा शेर्पा, कर्मा गेल्जे शेर्पा, साङगे शेर्पा, वाङदा शेर्पा, पेम्बा रिन्जी शेर्पा सम्मानित भएका छन ।
त्यसैगरी पेम्बा नुरी शेर्पा, रिन्जी शेर्पा, ङिमा शेर्पा, लाक्पा शेर्पा, कर्मागेल्जे शेर्पा, दोर्जी शेर्पा, पासाङ शेर्पा, जाङबु शेर्पा, तेन्जी शेर्पा, ग्याल्जे शेर्पा, ओङछु शेर्पा, लाक्पा दावा शेर्पा, तेण्डु शेर्पा, पेम्बा शेर्पा, न्वाङनुरी शेर्पा, ग्येल्जे शेर्पा, आङपासाङ शेर्पा, छोङकर्मा शेर्पा, कर्मा गेल्जे शेर्पा, लाक्पा शेर्पालाई सम्मान गरिएको छ ।
त्यसैगरी लाक्पा थुन्डु शेर्पा, फुरी शेर्पा, माया शेर्पा, ग्यालु शेर्पा, आङ दोर्जी शेर्पा, आङदावा शेर्पा, छिरिङ शेर्पा, ग्यालु शेर्पा, गेलु शेर्पा, पेमारिन्जी शेर्पा, छोङ कर्मा शेर्पा, फुरी शेर्पा, पेम्बा शेर्पा, शुभराज तामाङ, गुरु ङिमा शेर्पा, जाङबाले शेर्पा सम्मानित भएका हु्न ।