विना अतिथि, विना मञ्च सडक पेटीमै पुस्तक विमोचन, जातीयता र नाताबादले देश विग्रियो
काठमाडौ । अधिवक्ता एसएम तुम्बाहाम्फेद्धारा लिखित ‘विजातवाद विचार’ नामक पुस्तक काठमाडौमा विमोचन गरिएको छ । मानवता र न्यायको खोजी गर्दै तयार पारिएको उक्त पुस्तक कुनै पनि स्टेज, क्लव, सुविधा सम्पन्न सेमिनार हलमा विमोचन गरिएन । खुल्ला सडकमा बिना प्रमुख अतिथि पुस्तकको विमोचन गरिएको छ । सडक पेटीमा बसेर पुस्तक किन्ने पहिलो व्यक्तिबाटै पुस्तकको विमोचन गरिएको छ । समाज र देशको परिवर्तन सदनबाट होइन सडकबाटै हुन्छ भन्ने सन्देश सहित पुस्तकको विमोचन सडकमै गरिएको पुस्तकका लेखा तुम्बाहाम्फे बताउछन ।

देशमा भइरहेको जातीवाद, नातावाद र कृपावादलाई पुस्तकमा समेटिएको छ । नातावाद र कृपावादले देश लथालिङग अवस्थामा पुगेको भष्टचार तथा बलात्कार साथै हिंसा बढेको कुरा पुस्तकमा उल्लेख गरिएको छ । देश परिवर्तन गर्नका लागि नाताबाद कृपावाद हटनुपर्ने सन्देश पुस्तकले दिएको छ ।
कार्यक्रममा प्रमुख अति बोलाउनु पर्ने र लामो समय कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न विना अतिथि विना मञ्च कार्यक्रम सम्पन्न हुन्छ भन्ने सकारात्मक सन्देश बोकेर सडकपेटीबाटै क्रेताको हातबाट पुस्तकको विमोचन गरिएको हो । यसरी सडक पेटीबाटै विना अतिथि पुस्तक विमोचन गर्ने एसएम तुम्बाहाम्फे पहिलो ब्यक्ति बनेका छन ।