रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज काठमाडौं र पोखरामा प्रदर्शन गर्ने
काठमाडौं ३ कात्र्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले काठमाडौंको माइतीघरमा दिउँसो १ बजे र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो ।
लामिछाने शुक्रबार साँझ काठमाडौंको बालाजुस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्याइएको थियो ।
पोखरामा हुने विरोध प्रदर्शनको नेतृत्व उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेले गर्ने छन् । उनीहरु पोखरा पुगिसकेका छन् ।
What’s your Reaction?