गायक संगीतकार अनिल बिरहीको लैलै माया लैलै बजारमा

गायक तथा संगतिकार अनिल विरहीको पूर्वेली लोक भाका ‘लै लै बरी लै लै’ बोलको गीत सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलबाट बुधबार गीत रिलिज भएको हो । गीतमा गायक अनिल विरहीको शब्द संगीत तथा आवाज रहेको छ । टिपिकल शब्द अतितलाई सम्झेर विरहीले गीत लेखेका हुन । गीतमा सन्तोष प्रगाढको एरेन्ज रहेको छ । हार्मोनिक रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई गायकले निकै आशावादी गीत रहेको उल्लेख गरेका छन ।
गीतमा गीतमा गायकले आफनो अतितलाई शब्दमा उतारेको देखिन्छ । बालापनमा स्कुल जादा घासदाउरा तथा गोठाला जादा बसेको मायालाई गायकले अतितमा उतारेका हुन । गीतको भिडियोमा उमेर काटेपछि स्कुल जीवनको कहानी सम्झेको दृश्य देखाउन खोजिएको छ । साइलीले पानी परेको बेला घुम राडी ओडाको, गोठालो जादा माया गासेको देउरालीमा कसम खाएको स्मरण गरिएको छ ।
गाउले परिवेशमा गीतको भिडियो तयार पारिएको छ । गीतको भिडियोमा गायक आफै देखा परेका छनभने कुसुम गिरी र राजन घतानिलाई फिचरिङ गरिएको छ ।
गीतको छायाँकन तथा रंगरोगन अर्जुन खड्काले गरेका हुन भने निर्देशन सञ्चारकर्मी कमल फुयाँलले गरेका हुन । गीतको भिडियो बजारमा ल्यएसंगै सकारात्मक बनेका गायक विरही निकै आशावादी देखिन्छन ।
भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button