यज्ञभूमी स्कुलको अभिभावक दिवस सम्पन्न, ‘अभिभावकले दिएको विश्वास टुट्न दिदैनौ’-अध्यक्ष केसी

काठमाडौ । काठमाडौको कपन सरस्वतीनगर स्थित यज्ञभुमी स्कुलले अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध कार्यक्रमको आयोजन गरी विहिबार अभिभावक दिवस मनाएको हो । काठमाडौको सरस्वतीनगर स्थित विद्यालयको प्राङगणमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम अधिवक्ता तथा सञ्चारकर्मी एलेन घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा प्रेमी तथा समाजसेवी दुर्गाप्रसाद दाहाल, युवा व्यवसायी तथा अभियान्त विमल खड्का, सञ्चारकर्मी कमल फुयाल, युवा उद्यमी तथा समाजसेवी राज कार्की, मेमोरी किङ विजय शाही, समाजसेवी विर्खबहादुर गुरुङ, बालकलाकार अनुरोध भण्डारीको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व यज्ञभुमी स्कुलका अध्यक्ष यज्ञ केसीले गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता तथा सञ्चारकर्मी एलेन घिमिरेले शिक्षाको क्षेत्रमा सूचना प्रविधिले फड्को मारेको उल्लेख गर्दै बालबालिकाहरुको शैक्षिक क्षमता अभिबृद्धि गर्नकालागि सूचना प्रविधिले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । सूचना प्रविधिको सहि प्रयोगले बालबालिकाहरुको क्षमता बृद्धि गर्ने तर गलत प्रयोगले क्षमता विकासमा ह्रास आउने हुदा आफना बालबालिकहरुलाई प्रविधिको सहि सदुपयोग गराउन अभिभावकहरुलाई सल्लाह दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा शिक्षा प्रेमी तथा दुर्गाप्रसाद दाहालले बालबालिकाहरुको भविष्य निर्धारणमा विद्यालयको भूमिकाका विषयमा आफना विचारहरु राख्नु भएको थियो । दाहालले बालबालिकाहरुको शैक्षिक विकास क्षमता अभिबृद्धि उत्तरदायी र नेतृत्वदायी बनाउन विद्यालयको महत्वपूर्ण हात रहेको बताउनु भयो । मानिसहरुमा नानीदेखि लागेको बानी दीर्घकालसम्म रहिरहने हुदा साना नानीबाबुहरुलाई सानैबाट सहि संस्कार तथा असल ब्यवहार सिकाउने भएतापनि बालबालिकाको पारिवारिक वातावरणले समेत प्रभाव पार्ने कुरालाई प्रष्टाउने बालबालिको क्षमता अभिबृद्धि गर्नका लागि अभिभावकको झनै महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

कार्यक्रमा युवा उद्यमी तथा समाजसेवी राज कार्कीले बालबालिकाको भविष्य निर्माण गर्न अभिभावकले हरेक कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । कार्कीले बालबालिकाहरुलाई सही संस्कारमा हुर्कायौ भने बालबालिकाले आफनो भविष्य आफै निर्धारण गर्न सक्ने बताउनुभयो । स साना बालबालिकाहरुलाई सानुहुदा फकाउन मोवाइल प्रयोग गर्नु दिने तर, पछि त्यही मोवाइल चलाउन हुन्न भन्दा असर पर्ने उदाहरण प्रस्तुत गर्दै बालबालिकाहरुलाई के गर्नदिने के गर्न नदिने भन्ने कुरा अभिभावकले समयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा युवा व्यवसायी विमल खड्काले मानव जीवनमा शिक्षाको महत्व र भुमिका, सुचना प्रविधिको आवश्यकता एवं अपरिहार्यताका सन्दर्भमा आफना विचार ब्यक्त गर्नुभयो । खड्काले मानवजीवनसंग शिक्षाको सम्बन्ध नङ र मासुको जस्तै रहेको उल्लेख गदै मानवजीवन सार्थक बनाउन शिक्षा अपरिहार्यता भएको बताउनुभयो । मुलुक आधुनिक शिक्षा प्रणालीमा रुपान्तारित हुदै गएको सन्दर्भलाई उल्लेख गर्दै विद्यार्थीहरुलाई सूचना प्रविधिसंगै जोडेर अघि बढेको खण्डमा विद्यार्थीहरुमा क्षमता बृद्धि हुने खड्काले बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति एवं यज्ञभुमी स्कुलका अध्यक्ष यज्ञबहादुर केसीले विद्यालयले आधुनिक शिक्षा प्रणालीमा शैक्षिक गतिविधिहरु गर्दै आएको उल्लेख गर्नुभयो । केसीले नानीबाबुहरुका लागि विद्यालयले अहोरात खट्ने बताउनुभयो । विद्यार्थीको क्षमताको मूल्याङ्क गर्दै उनीहरुलाई दक्ष बनाउने विद्यालयको जिम्मेवारी रहेको उल्लेख गर्दै विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी शिक्षण सिकाइ पद्धतीका साथै उनीहरुलाई विभिन्न क्रियाकलापमा सहभागी गराई क्षमता अभिवृद्धि गराउन विद्यालय प्रतिवद्ध रहेको अध्यक्ष केसीले बताउनुभयो । यस विद्यालयलाई विश्वास गरी आफना नानीबाबुहरुलाई भर्ना गर्नुहुने अभिभावकहरुको विश्वासलाई आत्मसाथ गर्दै विद्यार्थीलाई सक्षम नागरिक बनाउन लागि परेको बताउनुभयो । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल पवित्रा थापाले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयले सञ्चालन गरेको विभिन्न प्रतियोगितामा भाग लिई प्रथम, द्धितीय र तृतिय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । जस अन्तर्गत टोडलर्स कक्षा स्याक रेस तर्पm श्रेयन श्रेष्ठले प्रथम, जेजस खाँड ठकुरीले द्धितीय र नेशनल आलेमगर तृतीय स्थान प्राप्त गरेका थिए ।

त्यसैगरी नर्सरी कक्षा स्पुन रेस अन्तर्गत आरुष न्यौपाने प्रथम, ग्रेसी श्रेष्ठ द्धितीय, आयान भण्डारी तृतीय स्थानको पुरस्कार विजेता बने । प्लेट होल्डिङ रेस अन्तर्गत निर्भानप्रसाद ओली प्रथम, प्रशान्त सुनुवार द्धितीय र सेड्रिना राई तृतीय बन्न सफल भइन । यता स्याक रेस अन्तर्गत सान्सुहाङ राई प्रथम, आरुष न्यौपाने द्धितीय र अमन राई तृतीय बने ।

त्यसैगरी एलकेजी कक्षा स्पुन रेस विलप थापा प्रथम, काव्या राई द्धितीय र सुजाता राणा तृतीय बन्न सफल भए । त्यसैगरी विस्कुट रेस टेनिसा दाहाल प्रथम, विलप थापा द्धितीय र सुलभ भुजेल तृतीय स्थान ओगट्न सफल भए । त्यसैगरी ब्यालुन ब्लाष्ट रेस अन्तर्गत निर्भानप्रसाद ओली प्रथम, शुशिला वाइवा द्धितीय र विनिता मोक्तान तृतीय बन्न सफल भएका थिए । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा विशेष अतिथिको बाहुलीबाट पुरस्कार वितरण गरिएको थियो ।

१६ बर्ष लामो समयसम्म प्रिन्सिपल चलाएको अनुभवी पवित्रा थापा यस विद्यालयकी प्रिन्सिपल हुनुहुन्छ । घरमा बालबालिकाहरु आफना बुबासंग भन्दा आमासंग बढी घुलमिल हुन्छन । किनभने आमा सधैसंगै हुने छोरीछोरीलाई सेकेण्डसेकेण्डमा ख्याल गर्ने माया ममता स्नेह आमाको पाएका कारण बालबालिकाहरु बाबासंग भन्दा आमासंग नै बढी नजिक हुन्छ । त्यसैगरी बालबालिकाहरुको भावना बुझने पवित्रा थापा स्कुलको प्रिन्सिपल भएपछि नानीबाबुहरुलाई यस विद्यालयमा घरैमा आमासंगै बसेको अनुभुती हुने वातावरणमा अध्यायन अध्यापन भइरहेको कारण नानीबाबुहरु निकै खुसी देखिन्छन ।

