चरित्र हत्या गरिएको भन्दै सुनिताले दर्ता गरिन तीन जना विरुद्ध साइबरमा उजुरी

सामाजिक सञ्जालमा गाली गलौच गरी तथा चरित्र हत्या गरिएको भन्दै सुनिता मगरले तीन जना विरुद्ध साइबरमा उजुरी दर्ता गराएकी छन् । वैदेशिक रोजगारीमा कुवेतमा रहेकी सुनिताले सोलुखुम्बु काउले घर भई हाल काठमाडौँ कुवेत बस्दै आएकी विमला गिरी, सोलुखुम्बु सोताङ घर भई हाल मलेसिया बस्दै आएका विकास राई र सोलुखुम्बु लाफला बस्दै आएकी सुनिता राई विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन ।

विदेशी भूमिमा रहेर मानव तस्कर विरुद्धको अभियान तथा उद्धार कार्य लगायत सामाजिक अभियानका रूपमा काम गर्दै आएकी छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएकी सुनितालाई फेसबुक प्यासेन्जर तथा फेसबुक कमेन्टमा अपशब्द प्रयोग गरी गाली गलौच गर्नुका साथै धम्की समेत दिएको बताएकी छन् ।

सोलुखुम्बु काउले घर भई हाल काठमाडौँ कुवेत बस्दै आएकी विमला गिरीले केही समय अगाडि सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी थिइन् उक्त भिडियोमा समाजलाई असर पर्न सक्ने झुटो कुराहरू बोलेको भएकाले सुनिताले उनलाई त्यसरी भिडियो सार्वजनिक गर्नु हुँदैन समाजलाई असर पर्न सक्छ भनेर सम्झाउने क्रममा गिरीले आफूलाई गालीगलौज, धम्की र आफ्नो चरित्र हत्या समेत गरेको बताएकी छन् । गिरीसङ आफ्नो कुनै लेनदेन तथा रिसिइबी नभएको तर गिरीलाई सम्झाउँदा उल्टै धम्की दिएको सुनिताको भनाइ छ । गिरीले सुनिता लगातार भ्वाइस म्यासेज गरेको र सुनिताले जवाफ नफर्काएपछि गाली गलौच गरिएको अडियो मा सुन्न सकिन्छ । हाल गिरीले सुनितालाई गाली गलौच गरेका अडियो तथा म्यासेज सबै डिलेट गरेर ब्लक गरेको सुनिताले बताएकी छन् । ब्लक गरे पनि सुनिताले गिरीका अडियो सुरक्षित राखेर नेपालमा रहेका उनका परिवार मार्फत साइबरमा उजुरी दर्ता गराएकी हुन ।

त्यसै गरी सुनिताले सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरी गाली गलौच गर्दै सुनिताको पोस्टहरूमा कमेन्ट गरी चरित्र हत्या तथा ह्यारेष्टमेन्ट गरेको भन्दै सोलुखुम्बु सोताङ घर भई हाल मलेसिया बस्दै आएका विकास राई र सोलुखुम्बु लाफला बस्दै आएकी राईलाई समेत उजुरी दर्ता गराएकी हुन । सुनिताले रवि लामिछानेका विषयमा आफ्नो फेसबुकमा एउटा स्ट्याटस लेखेकी थिइन । उक्त स्ट्याटसको कमेन्टमा सार्वजनिक रुपमानै विकास राईले समाजमै नपच्ने छाडा शब्द प्रयोग गरी कमेन्ट तथा प्यासेन्जरमा म्यासेज समेत गरेका थिए । त्यसैगरी सुनिता राईले सामाजिक सञ्जालमा गाली गलोज गर्दै विभिन्न आरोप लगाउँदै चरित्र हत्या गरिएको सुनिता मगरले बताएकी छन् ।

सुनिता भन्छिन् राईसँग मेरो व्यक्ति कुनै पनि रिसिइबी छैन । तर पनि उनी म विरुद्ध मेरो सामाजिक मान मर्यादा हनन हुने गरी प्यासेन्जरमा सबैमा ब्लक गरेर सामाजिक सञ्जालमा कुकुर्नी जस्ता विभिन्न आरोप लगाउँदै पटक पटक चरित्र हत्या गर्दै आएको बताएकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो गाली बेइज्जत गरी चरित्र हत्या गरेको कारण आफूलाई अरूले हेर्ने देष्ट्रिकोण समेत नकारात्मक भएपछि आफू बाध्य भएर साइबर ब्युरोमा मुद्दा दर्ता गराउन बाध्य भएको बताए छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button