एमालेको महाधिवेशन थप तीन दिन लम्बिने निश्चित

काठमाडौं नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।

नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि सुरू महाधिवेशनको निर्वाचन तालिका आइतबार सार्वजनिक भएको हो ।

सार्वजनिक निर्वाचन तालिकाले एमालेको महाधिवेशन थप तीन दिन लम्बिने निश्चित भएको छ । एमालेले मंसिर २९ गते महाधिवेशन सक्ने भने पनि अब कुनै बाधा र विवाद नभए लम्बिएर पुस २ गते मात्रै सकिने अवस्था आएको छ

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आइतबार बेलुका ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, आइतबार ९मंसिर २९ गते० मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।

त्यस्तै, पुस १ गते बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान समय तोकिएको छ । विद्युतीय मेशिनमा मतदानपछिको मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button