सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिबिएल) २०२५ खेल्ने भएका छन् । यस पटक उनलाई राजशाही वारियर्सले आफ्नो टोलीमा समेटेको छ।

राजशाही वारियर्सले सन्दीपको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘नेपाल अब केवल दर्शकको भूमिका मात्रै निर्वाह गर्ने छैन, यो प्रतियोगिताको एक हिस्सा हुनेछ।’
सिजनको शुरुआत पुस ११ देखि हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले सिलेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

सन्दीप लामिछाने बिपिएलमा यो दोस्रो पटक खेल्न लागेका हुन्। यसअघि २०१९ मा उनले सिलेट सिक्सर्सको तर्फबाट खेलका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button