सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने

जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासमा लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका छन् ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस भोलिलाई सारेका छन् । मुद्दामाथि भोलि शुक्रबार पनि सुनुवाइ हुनेछ ।

भोलि शुक्रबार लामिछाने पक्षका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्नेछन् । दुवै पक्षको बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button