एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैनः प्राधिकरण

मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी खरिद बिक्री सम्झौता र प्रेस विज्ञप्तिमार्फत गराएको जानकारीबारे आधिकारिक विवरण उपलब्ध गराउन १५ र २५ मंसिरमा पत्र लेखिएको छ । त्यसको आधिकारिक कागजात प्राप्त नभएको समेत प्राधिकरणले जनाएको छ ।

यसअघि आजियाटाले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिई एनसेलको सेयर किनबेच गरेको भन्दै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेखेको थियो । जसमा सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको समेत जानकारी गराइएको थियो । जवाफमा एनसेल आजियाटाले सेयर खरिद बिक्रीमा नेपालको कानुन पूर्ण रुपमा पालना गर्ने बताएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
สล็อตเว็บตรง