नेपालगञ्जका घर ‘मेट्रिक’ प्रणालीमा

पहिलो चरणमा वडा नं १२ का ५० घरमा परीक्षणका रूपमा नम्बर प्लेट राखिने उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले जानकारी दिए । पहिलो चरणमा परीक्षणका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको उल्लेख गर्दै दासले वडा नं १ देखि २३ का सबै घरलाई मेट्रिक घर नम्बर प्रणालीमा जोड्ने लक्ष्य रहेको बताए । चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।

सो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर ९दूरी० का हिसाबले घरमा ‘नम्बरिङ’ गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दूरी ९मिटर०मा घर अवस्थित छ, त्यति नै नम्बर उक्त घरलाई दिइनेछ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर बिजोर नम्बर राखिने दासले जानकारी दिए । 

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button